पछिल्लो समय फिल्म निर्माण भन्दा प्रदर्शनको मिति पाउन गाह्रो छ । त्यसैले निर्माता निर्देशक फिल्म छायांकन अगाडि प्रदर्शन तिमि तोक्न थालेका छन् ।

यस्तैमा भदौ महिनाबाट छायांकन सुरु हुने फिल्म ‘रत्यौली’ले पनि छायांकन अघि प्रदर्शन मिति फाइनल गरेको छ । फिल्मको २१ फागुन प्रदर्शन मिति फाइनल भएको हो । महाशिवरात्री र नारी दिवस परेकाले फिल्मको प्रदर्शन मिति फागुन २१ लाई तय गरिएको बितरक करणले बताए ।

अभिनेत्री पूजा शर्माको प्रस्तुतिमा बन्ने फिल्म सुरज आचार्यको निर्माण गर्न लागेका हसन् । फिल्मका निर्देशन मुस्कान ढकाल रहेका छन् । फिल्मको नायकमा विजय बराल र नायिकामा पूजा शर्मा देखिदैछन् ।

नाईटिङ्गेल ईन्टरटेन्मेन्ट प्रा.लि र पूजा शर्मा प्रोडक्सनको व्यानरमा निर्माण हुन लागेको यो फिल्मको वितरणको जिम्मा रिच इन्टरटेन्मेन्टका लागि करण श्रेष्ठले लिएका छन् । फिल्म सामाजिक कथामा बन्न लागेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर