साताको तेस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकले बढोत्तरी आएको छ । आज नेप्से परिसूचक ४४.५९ अंकले बढेर २६५२.९३ को विन्दुमा पुगेको छ।
आज ३६२ कम्पनीको ९५ लाख ४७ हजार ६७८ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ८६ करोड ११ लाख ८३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। आज बजारमा बढोत्तरी आउँदा सबै उपसूचकहरू हरियाली देखिएका छन् ।
बजारमा सुधार आउँदा स्नो रिभर्स लिमिटेडको सेयरमा सकरात्मक सर्किट लाएको छ । त्यसैगरी सिवाईसी लघुवित्तको १४.२२ प्रतिशत, भुजुङ हाइड्रोपावरको सेयर मूल्य उच्च दरमा बढेको छ ।










