काठमाडौँ-हेटौँडा आवतजावत गर्ने सबैभन्दा छोटो दुरीको सडक कान्तिलोकपथ अवरुद्ध भएको छ। ।
वर्षासँगै ललितपुरको बागमती गाउँपालिका-३ टाकुचेमा पहिरो जाँदा कान्तिलोकपथ सडक खण्ड मंगलबार बिहानबाट पूर्णरूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।
यो सडक अवरुद्ध हुँदा काठमाडौँ उपत्यकाबाट हेटौँडातर्फ र हेटौँडाबाट काठमाडौँतर्फ आउँदै गरेका सवारी साधन बिच बाटोमै रोकिएका छन्।
सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।










