साताको दोस्रो कारोबार दिन सेयर बजारमा बढोत्तरी आएको छ । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ७.२५ अंकले बढेर २७२६.४९ को विन्दुमा पुगेको छ।
आज रिडि पावर कम्पनीको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ५५ करोड ७७ लाख ५० हजार रुपैया बराबरको कारोबार भएको छ । कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको आँखुखोला जलविद्युत कम्पनीको ३१ करोड ३७ लाख ४० हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।
आज रिलायन्स स्पिनिङ मिल्सको २७ करोड ३४ लाख ३१ हजार रुपैंया, हिमालयन रिइन्स्योरेन्स कम्पनीको २२ करोड १ लाख २१ हजार रुपैयाँ, एनआरएन इन्फ्रास्ट्रक्चरको २२ करोड २८ हजार रुपैयाँको कारोबार भएको हो ।










