साताको तेस्रो कारोबार दिन सेयर बजारमा गिरावट आएको छ । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १३.९५ अंकले घटेर २७१२.५४ को विन्दुमा पुगेको छ।
आज ३४६ कम्पनीका १ करोड १३ लाख ५४ हजार ७१२ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब १८ करोड २९ लाख २९ हजार रुपैयाँभन्दा बढीको कारोबार भएको छ। कारोबार भएका ११ उपसूचकहरू राताम्मै भएका छन्।
कारोबारमा एभरेष्ट कलरको सेयर मूल्यमा १४.९९ प्रतिशतको सकारात्मक सर्किट लागेको छ। त्यसपछि बुङ्गल हाइड्रोपावर १०.५० प्रतिशत, सालपा विकास बैंक ५.९२ प्रतिशत, पियोर इनर्जीको ५.२३ प्रतिशत र श्रीनगर एग्रीटेक ४.३२ प्रतिशतले बढेका छन्।










