साताको चौथो कारोबार दिन सेयर बजारमा सुधार आएको छ । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १४.१७ अंकले बढेर २७२६.७२ को विन्दुमा पुगेको छ।

आज ३३८ कम्पनीका १ करोड ७७ हजार २२२ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ६९ करोड ३४ लाख ४९ हजार रुपैयाँभन्दा बढीको कारोबार भएको छ। कारोबार भएका ११ उपसूचकहरू हरियाली भएका छन्।

कारोबारमा एभरेष्ट कलरको सेयर मूल्यमा १४.९९ प्रतिशतको सकारात्मक सर्किट लागेको छ। त्यसपछि स्नो रिभर्स १३.७१ प्रतिशत, एपोलो हाइड्रोपावर ११.०४ प्रतिशत, शिखर पावर डेभलपमेन्टको ८.४६ प्रतिशत र होटल फरेस्ट इन ७.५१ प्रतिशतले बढेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर