साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको छ । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ७.९० अंकले बढेर २७३४.६३ को विन्दुमा पुगेको छ।

आज ३५३ कम्पनीका १ करोड ३७ लाख ६९ हजार हजार १०० कित्ता सेयर किनबेच हुँदा ६ अर्ब २६ करोड ७२ लाख २६ हजार रुपैयाँभन्दा बढीको कारोबार भएको छ। कारोबार भएका सात उपसूचकहरू हरियाली भएका छन्।

आजको कारोबारमा एभरेष्ट कलरको सेयर मूल्यमा १४.९९ प्रतिशतको सकारात्मक सर्किट लागेको छ। त्यसपछि आत्मनिर्भर लघुवित्तको १४.४६ प्रतिशत, सगरमाथा जलविद्युत कम्पनी ६.८२ प्रतिशत, खानीखोला हाइड्रोपावरको ५.९३ प्रतिशत र झापा इनर्जी ५.५० प्रतिशतले बढेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर