फिल्म ‘गौंथली’ले घरेलु बक्सअफिसमा उत्साहजनक कमाइ गरेको देखिएको छ । प्रदर्शनको नवौं दिन शनिबारसम्मको कूल ग्रस कलेक्सन ७ करोड ३ लाख रुपैयाँ छ ।

सोही अवधिसम्म फिल्मलाई २ लाख ४८ हजार ७२१ जनाले हेरेका छन् ।

चलचित्र विकास बोर्डले भने हरेक सोमबार (विदेशी फिल्म बाहेकको) नियमित कमाइ सार्वजनिक गर्दै आइरहेको छ ।

आइतबार सार्वजनिक बिदाको दिनमा पनि विशेषगरि काठमाडौं उपत्यकाबाहिरका हलमा फिल्मको अकुपेन्सी राम्रो रहेको कतिपय हल संचालकले जनाएका छन् ।

प्रदर्शनको यही गति कायम रहे, कपिल रिजाल निर्देशित फिल्मको लागि १० करोड रुपैयाँ ग्रसको लक्ष्य पूरा गर्न त्यति मुस्किल छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर