साताको पहिलो कारोबार दिन सेयर बजारमा दोहोरो अंकले गिरावट आएको छ । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३३.२८ अंकले घटेर २७०१.३२ को विन्दुमा पुगेको छ।

आज ३६० कम्पनीका १ करोड ३९ लाख २५ हजार ३३७ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ८ करोड ८ लाख ६३ हजार रुपैयाँभन्दा बढीको कारोबार भएको छ। कारोबार भएका ११ उपसूचकहरू राताम्मै भएका छन्।

आजको कारोबारमा आत्मनिर्भर लघुवित्तको सेयर मूल्य १३.३८ प्रतिशतको सर्वाधिक घटेको छ। त्यसपछि कर्पोरेट डेभलपमेन्ट बैंकको ९.६३ प्रतिशत, नेपाल बैंक डिवेञ्चर २०८७ ८.५७ प्रतिशत, खानीखोला हाइड्रोपावरको ८.५२ प्रतिशतले घटेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर