कर्णाली प्रदेशले आज नयाँ मुख्यमन्त्री पाउने भएको छ। निवर्तमान मुख्यमन्त्री यामलाल कँडेलले गत शनिवार पदबाट राजीनामा दिएपछि नयाँ सरकार गठनको प्रक्रिया अघि बढेको हो। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) कर्णाली प्रदेश सभा संसदीय दलका नेता मंगलबहादुर शाही प्रदेशको पाँचौँ मुख्यमन्त्री बन्ने तयारीमा छन्।

मुख्यमन्त्री कँडेलको राजीनामासँगै प्रमुख जोशीले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत दाबी पेस गर्न आज साँझ ५ बजेसम्मको समयसीमा तोकेका थिए ।

नेपाली काँग्रेस संसदीय दलका नेता शाहीले बहुमत सांसदको समर्थनसहित नयाँ मुख्यमन्त्रीका रूपमा दाबी पेस गर्ने तयारी गरेका छन् । दाबी पेस लगत्तै आजै साँझसम्म प्रदेश प्रमुखको कार्यालयमा नयाँ मुख्यमन्त्रीको नियुक्ति र शपथ ग्रहण गराउने तयारी गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर