अघिल्लो कारोबार दिन ३३.२८ अंक घटेको सेयर बजार मंगलबार ४.६४ अंक घटेको छ । यो कमीसँगै बजारको परिसूचक नेप्से २६९६ अंकमा झरेको छ, अघिल्लो दिन २७०१ अंकमा थियो ।

दिनभर बजार उतारचढावमै रह्यो । १२ : १० बजे कारोबार अवधिभरको न्यूनतम अंक २६८१ मा बजार झरेको थियो । कारोबार रकम घटेको छ । अघिल्लो दिन ६ अर्ब ७ करोडको कारोबार भएकोमा आज ४ अर्ब ४२ करोडको भयो ।

आज ९९ कम्पनीको मूल्य बढ्दा १६५ को घट्यो भने १३ को स्थिर रह्यो । सबै समूहगत सूचकको उतारचढाव १ प्रतिशतभन्दा कम रह्यो । चार समूहगत सूचक बढे ।

फाइनान्स ०.०६, होटल तथा पर्यटन ०.१८, व्यापार ०.७४ र जलविद्युत् ०.१५ प्रतिशत बढे । बैंकिङ ०.०७, विकास बैंक ०.१९, लगानी ०.७९, जीवन बीमा ०.५८, उत्पादन तथा प्रशोधन ०.२६, माइक्रोफाइनान्स ०.१३, निर्जीवन बीमा ०.२४ तथा अन्य ०.८० प्रतिशत घटे ।

हालै सूचीकृत भएको नयाँ कम्पनी एभरेस्ट कलरको मूल्य १५ प्रतिशत बढ्यो । त्यस्तै याम्बलिङ हाइड्रोपावरको ४.३९, सिर्जनशील लघुवित्तको २.९९, सानीगढ हाइड्रोको २.८८ प्रतिशत मूल्य बढ्यो ।

कुथेली बुखरी स्मल हाइड्रोपावरको मूल्य ६.०७, धौलागिरि लघुवित्तको ३.४२, पन्चकन्या माइ हाइड्रोपावरको २.७५ प्रतिशत मूल्य घट्यो ।  आज रकमका आधारमा धेरै कारोबार भएका कम्पनीमा सेन्ट्रल फाइनान्स, रिडी पावर, सोलु हाइड्रोपावर, ग्लोबल आईएमई बैंक, रिलायन्स स्पिनिङ मिल्स छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर