र्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ ।

मंगलबार साँझ अचानक तीव्र चक्कर तथा वान्ता भएपछि डा. भट्टराईलाई उपचारका लागि टोखास्थित ग्रान्डी अस्पतालमा भर्ना गरिएको थियो ।

चिकित्सकको निगरानीमा उपचार जारी रहेको र अवस्था सुधारोन्मुख भएको डा. भट्टराईका स्वकीयसचिव रेखी गुरुङले जानकारी दिए ।

उपचारमा संलग्न चिकित्सकका अनुसार उनको भित्री कानमा समस्या देखिएको सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार आवश्यक स्वास्थ्य परीक्षणका अन्य सबै रिपोर्ट सामान्य रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर