पाकिस्तानको ब्रोड पिकमा मृत भेटिएका चार मध्ये २ जनाको पहिचान खुलेको छ।
तीमध्ये एक जना नेपाली आरोही रहेको पाकिस्तानी अनलाइन डनले जनाएको छ। अर्को एकजना भने ओमानको नागरिकको रहेको खुलेको छ।
मृतक नेपाली गोरखाका पुरबहादुर गुरूङ र ओमानका नधिरा अहमद अबदुल्लाह अल हार्थी छन्। युक्ता भनेर चिनिने पुरबहादुर पनि आरोहण क्षेत्रमा प्रख्यात नाम हो।
उनी अन्तर्राष्ट्रिय माउन्टेन गाइड संघबाट मान्यता प्राप्त गाइड पनि हुन्। उनी संसारका १४ वटै ८ हजार मिटर माथिका अग्ला हिमाल चढ्ने चुनौती पूरा गर्ने क्रममा थिए। अघिल्लो वसन्त ऋतुमा मात्रै युक्ताले नेपालका तीनवटा ८ हजार मिटर माथिका हिमाल चढेका थिए।
त्यो मौसमको अन्त्यसम्ममा उनको नाममा १० पटक सगरमाथा आरोहण र १२ वटा ८ मिटर माथिको हिमाल आरोहणको सफलता उनको नाममा दर्ज भइसकेको थियो। सन् १९२४ मा जर्ज म्यालोरीसँगै सगरमाथामा बेपत्ता भएका बेलायती आरोही एन्ड्रयु ‘स्यान्डी’ इर्भिनको मानिने एसी इर्भिङ लेखिएको १०० वर्ष पुरानो फेला पार्ने टोलीमा युक्ता पनि थिए।
बाँकी दुई जनाको भने पहिचान खुलेको छैन। नेपालका विश्वप्रसिद्ध आरोही निर्मल पुर्जासहित बाँकी ६ जना अझै सम्पर्कविहीन छन्। उनीहरूको खोजी भइरहेको छ। खोजीका लागि पाकिस्तानमा सेनाको हेलिकप्टर, ड्रोन लगायत विभिन्न उपकरण प्रयोग गरिएको छ।










