साताको अन्तिम कारोबार दिन सेयर बजारमा दोहोरो अंकले सुधार आएको छ । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १२.९६ अंकले बढेर २६८५.५४ को विन्दुमा पुगेको छ।

आज ३३७ कम्पनीका ८८ लाख ४१ हजार ८०९ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ७५ करोड २५ लाख ६३ हजार रुपैयाँभन्दा बढीको कारोबार भएको छ। कारोबार भएका ११ उपसूचकहरू हरियाली भएका छन्।

सेयर बजारमा सुधार आउँदा एभरेष्ट कलरको सेयरमा सकरात्मक सर्किट लाएको छ । त्यसैगरी लक्ष्मी भ्यालु फण्डको ८ प्रतिशत, जोशी हाइड्रोपावरको ६.७९ प्रतिशतले सेयर मूल्य बढेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर