स्थानीय बजारमा आज सुनको मूल्य केही घटेको छ । गत शुक्रवारको तुलनामा सुन तोलामा एक हजार ८०० र चाँदी ४५ ले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ८३ हजार २०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ३१५ कायम भएको छ ।
गत शुक्रबार छापावाल सुन प्रतितोला रु दुई लाख ८५ हजार र चाँदी चार हजार ३६० कायम भएको थियो । बिहीबार एक तोला सुन दुई लाख ८४ हजार र चाँदी चार हजार ३१० मा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ६३ र चाँदी ५८ अमेरिकी डलरमा किनबेच भइरहेको छ ।










