नेपाल शिक्षक महासंघले आगामी भदौ महिनादेखि पुनः आन्दोलनमा उत्रिने निर्णय गरेको छ। महासंघको हालै सम्पन्न परिषद् बैठकले आफ्ना बाँकी मागहरू पूरा गराउन सरकारमाथि दबाब बढाउने उद्देश्यका साथ आन्दोलनका कार्यक्रम अघि बढाउने निर्णय गरेको हो।

महासंघका महासचिव तुलाबहादुर थापाका अनुसार परिषद् बैठकले आन्दोलनमा जाने सैद्धान्तिक निर्णय गरिसकेको छ भने आन्दोलनको ठोस मिति र स्वरूप भने शीघ्र बस्ने विस्तारित कार्यालय बैठकले तय गर्नेछ।

महासंघले लामो समयदेखि थन्किएर बसेको नयाँ शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने आफ्नो मुख्य मागलाई पुनः जोडदार रूपमा उठाएको छ। यसका साथै, सरकारले हालै ल्याएको शिक्षा नियमावलीको १०औँ संशोधनमा रहेका केही प्रावधानहरूप्रति समेत महासंघले गम्भीर असहमति जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर