नेपाली काँग्रेस संसदीय दलको बैठक आज बस्ने भएको छ ।
बैठक दिउँसो साढे ३ बजे संसदीय दलको कार्यालय सिंहदरबारमा बस्न लागेको काँग्रेसले जनाएको छ ।
बैठकमा संसदमा उठाउनुपर्ने विषय लगायतका समसामयिक विषयमा छलफल हुने बताइएको छ ।