सोमबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँ र चाँदी ३५ रुपैयाँ बढेको हो ।
महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ८४ हजार रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ८३ हजार २ सय रुपैयाँ थियो । गत सोमबार सुनको भाउ २ लाख ८८ हजार ५ सय रुपैयाँ थियो ।
चाँदीको मूल्य अघिल्लो दिन ४ हजार ३१५ रुपैयाँ रहेकोमा ३५ रुपैयाँ बढेसँगै ४ हजार ३५० रुपैयाँ कायम भएको छ । गत सोमबार चाँदीको भाउ ४ हजार ४४५ रुपैयाँ थियो ।










