नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला २ सय रुपैयाँले घटेर आज प्रतितोला दुई लाख ८३ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
सोमबार सुन प्रतितोला दुई लाख ८४ हजार रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, चाँदीको मूल्य पनि घटेको छ। चाँदी प्रतितोला ५ सय ९५ रुपैयाँले घटेर आज प्रतितोला तीन हजार ७ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ।
सोमबार चाँदी प्रतितोला चार हजार ३ सय ५० रुपैयाँ रहेको थियो।










