साताको दोस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकले गिरावट आएको छ । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २१.१५ अंकले घटेर २६६३.१८ को विन्दुमा पुगेको छ।

आज ३४३ कम्पनीका १ करोड ७ लाख ५५ हजार ८७५ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ६ करोड ८५ लाख ६० हजार रुपैयाँभन्दा बढीको कारोबार भएको छ। कारोबार भएका सबै उपसूचकहरू राताम्मै भएका छन्।

सेयर बजारमा गिरावट आउँदा सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर सर्वाधिक ११.६७ प्रतिशतले घटेको छ । त्यसैगरी कुमारी बैंक डिबेञ्चर २०८६ को ६.८३ प्रतिशत, गुडविल फाइनान्स बिेञ्चर २०८३ प्रतिशतले सेयर मूल्य घटेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर