नेपाली काँग्रेसको आधिकारिकता विवादसँग सम्बन्धित सर्वोच्च अदालतको आदेशविरुद्ध दर्ता भएको पुनरावलोकन निवेदनमाथि आज सर्वोच्च अदालतको पूर्ण इजलासमा सुनुवाइ हुने भएको छ।

निवर्तमान सभापति शेरबहादुर देउवाले दायर गरेको पुनरावलोकन निवेदन प्रधानन्यायाधीश मनोज शर्मा तथा न्यायाधीश नित्यानन्द पाण्डे र श्रीकान्त पौडेल सम्मिलित पूर्ण इजलासमा पेशी तोकिएको हो।

आजको सुनुवाइपछि पुनरावलोकनको निवेदन स्वीकार गर्ने वा नगर्ने (निस्सा प्रदान गर्ने वा नगर्ने) विषयमा इजलासले निर्णय गर्ने अपेक्षा गरिएको छ। पुनरावलोकनको निस्सा प्रदान भएमा मुद्दाको थप सुनुवाइको प्रक्रिया अघि बढ्नेछ भने निस्सा अस्वीकृत भएमा पुनरावलोकनको प्रक्रिया त्यहीँ टुंगिनेछ।

उक्त विवादसँग सम्बन्धित सर्वोच्च अदालतको अघिल्लो आदेशमाथि पुनरावलोकनको माग गर्दै देउवाले निवेदन दर्ता गराएका थिए। आजको सुनुवाइले पुनरावलोकन प्रक्रियाको आगामी दिशा तय गर्ने भएकाले यसलाई चासोका साथ हेरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर