राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका छन् ।

उनी बिहिबार दिउँसो तारिख बुझ्न अदालतमा उपस्थित भएको लामिछानेका स्वकीय सचिव अविनाश आचार्यले जानकारी दिए ।

स्वर्णलक्ष्मी सहकारी बचत अपचलनको विचाराधीन आफूविरुद्धको मुद्दामा पहिलो तारिखका लागि उनी आज पुगेका हुन् ।

स्वर्णलक्ष्मीको मुद्दामा लामिछाने ६० लाख धरौटीमा रिहा भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर