संघीय संसद्अन्तर्गत राष्ट्रिय सभाको आज (शुक्रबार) बस्ने गरी तय भएको बैठक विशेष कारणवश स्थगित गरी आगामी बुधबारका लागि सारिएको छ।
संघीय संसद् सचिवालयका महासचिव पद्म प्रसाद पाण्डेयद्वारा जारी सूचना अनुसार, साउन २२ गते शुक्रबार अपराह्न १:१५ बजे बस्ने गरी निर्धारण गरिएको बैठक अब साउन २७ गते बुधबार अपराह्न १:१५ बजे बस्नेछ ।
राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम अध्यक्षले बैठकको नयाँ मिति र समय तोकेको सूचनामा उल्लेख छ ।










