स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य आज प्रतितोला ९०० रुपैयाँले बढेर दुई लाख ९६ हजार ९०० कायम भएको छ ।
बिहीबार सुनको मूल्य प्रतितोला दुई लाख ९६ हजार रुपैयाँमा कायम भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला रु १० ले बढेर चार हजार ५८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
अघिल्लो दिन चाँदी प्रतितोला चार हजार ५७० मा कारोबार भएको थियो ।










