फ्राइडे रिलिजको अवसर पारेर दुई नयाँ नेपाली फिल्म प्रदर्शनमा आएका छन्।

शुक्रबारदेखि निर शाह निर्देशित ‘कमला मिस’ र ओम प्रतिक निर्देशित ‘हली’ देशभर प्रदर्शनमा आएका हुन्। यी दुवै फिल्म सामाजिक कथावस्तुमा आधारित छन्।

‘कमला मिस’ साहित्यकार तथा नाटककार विजय मल्लको चर्चित कृति ‘कोही कि बरबाद होस्’ बाट प्रेरित फिल्म हो। यसमा निर शाह, रमेश बुढाथोकी, वासना तिमिल्सिना, शिवम् सराफ क्षेत्री, आरभ दाहाल, भावना मगर, कृष्ण मुरारी ढुंगेल, सुशान्त कुमार श्रेष्ठ, जयन्त रेग्मी, सुरेश थापा, राजन केसी, प्रणव सुबेदी (भोला) र सञ्जय खतिवडालगायत कलाकारहरूको अभिनय छ। ‘कमला मिस’ विजय मल्ल स्मृति प्रतिष्ठानले प्रस्तुत गरेको हो।

यस्तै, ‘हली’ ले छाउपडी प्रथाका कारण महिलाले भोग्नुपरेका संघर्ष र सामाजिक यथार्थलाई उजागर गर्ने प्रयास गरेको छ।

फिल्ममा प्रमोद दीप, सुजाता थापा, ओम प्रतिक (गुरूङ), सरोज खनाल, अरूणा कार्की, अर्जुन गुरूङ, विद्या कार्की लगायतको अभिनय छ।

प्रतिक्रिया

सम्बन्धित खवर