नेपाली फिल्म ‘गौंथली’ ले आक्रामक कमाइको गतिलाई निरन्तरता दिएको छ । आइतबार दिउँसोसम्म यो फिल्मको कूल ग्रस कमाइ १९ करोड ४५ लाख रुपैयाँ पुगेको छ ।
यो भनेको १७ करोड नेट कलेक्सन हो । फिल्मको लगानी २ करोड ७५ लाख रुपैयाँ हो । आइतबार पनि सार्वजनिक बिदा भएकाले फिल्मको कमाइ २० करोड हाराहारीमा पुग्न सक्ने अनुमान गर्न सकिन्छ ।
सोही अवधिसम्म फिल्मलाई ७ लाखभन्दा धेरै दर्शकले हेरेका छन् ।
पछिल्लो शनिबारसम्म यो फिल्मले जारी, छक्कापञ्जा ४ र परानको कमाइलाई उछिनेको छ । सम्भवतः आज वा भोलिसम्म फिल्मले ‘१२ गाउँ’ (१९ करोड ९२ लाख ग्रस) लाई उछिन्न सक्छ ।
त्यसअघि ‘कबड्डी ४ र ‘पूर्णबहादुरको सारंगी’ मात्र धेरै कमाउने नेपाली फिल्मको पहिलो र दोस्रो स्थानमा छन् ।










