रुकुमपूर्वमा बुधबार साँझ परेको भारी वर्षाका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । भूमे गाउँपालिका-४ स्थित काडाबगर र धौलापहिरोमा लेदोसहितको भल र पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।

सडक अवरुद्ध भएपछि काठमाडौं हुँदै रुकुमपूर्व, रुकुमपश्चिम र डोल्पातर्फ जाने यात्रुवाहक बस तथा अन्य सवारीसाधन बाटोमै रोकिएका छन् । पहिरोका कारण यात्रुहरू अलपत्र परेका छन् ।

अवरुद्ध सडक खुलाउन डोजरलगायतका उपकरण परिचालन गरेर काम भइरहेको छ । तर, लगातार वर्षा भइरहेकाले पहिरो पन्छाउन समस्या भइरहेको रुकुमपूर्वकी प्रमुख जिल्ला अधिकारी कोपिला राईले जानकारी दिइन् ।

उनका अनुसार सडक खुलाउन सिस्ने र भूमे गाउँपालिकाका जेसीबीसमेत परिचालन गरिएको छ । पहिरो ठूलो हुनुका साथै सडकसमेत क्षतिग्रस्त भएकाले तत्कालै पूर्ण रूपमा सडक सञ्चालनमा ल्याउन समय लाग्न सक्ने उनले बताइन् ।

वर्षा नरोकिएसम्म थप पहिरो खस्ने जोखिम रहेकाले यात्रुलाई सावधानी अपनाउन प्रशासनले आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर