नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले समाचार लेखेकै आधारमा पत्रकार किशोर श्रेष्ठलाई पक्राउ गर्नु लोकतन्त्रका लागि राम्रो संकेत नभएको बताएका छन्।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै कोइरालाले श्रेष्ठको पक्राउ नेपालको संविधानले दिएको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको मर्मविपरीत रहेको बताएका हुन्।
‘समाचार लेखेकै आधारमा पत्रकार किशोर श्रेष्ठलाई पक्राउ गर्नु लोकतन्त्रका लागि राम्रो संकेत होइन,’ कोइरालाले लेखेका छन्।
उनले पत्रकार श्रेष्ठलाई अविलम्ब रिहा गर्न सरकारसँग आग्रहसमेत गरेका छन्।
‘पत्रकार श्रेष्ठको पक्राउ नेपालको संविधानले दिएको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको मर्मविपरीत छ। श्रेष्ठको अविलम्ब रिहाइ गर्न र यस्ता लोकतन्त्र विरोधी गतिविधि नगर्न म सरकारसँग आग्रह गर्दछु,’ कोइरालाले भनेका छन्।










