भोटेकोशी बाढीबाट रसुवा, नुवाकोट र धादिङमा ठूलो जनधनको क्षति भएको छ । प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार त्यस विपद्मा परी ज्याउन गुमाएकामध्ये हालसम्म एक हजार २०० भन्दाबढीको शव फेला परेको छ ।

प्रहरीका अनुसार, रसुवामा ११५, नुवाकोटमा १५५, धादिङमा ६०, गोरखामा ६९, नवलपरासीपूर्वमा २१७, नवलपरासी पश्चिममा २०२, तनहुँमा ३८ र चितवनमा ३४८ जनाको शव फेला परेको छ ।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, ५०० विदेशी नागरिकसहित चार हजार २१६ जना अझै सम्पर्कविहीन छन् ।

बाढीपछि करिब १२ हजार उद्धार गरिएको छ । उद्धार गरिएका बासिन्दालाई अहिले रसुवा, नुवाकोट, धादिङ र काठमाडौँका विभिन्न स्थानमा ‘होल्डिङ सेन्टर’मा राखिएको छ ।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, ५०० विदेशी नागरिकसहित चार हजार २१६ जना अझै सम्पर्कविहीन छन् ।

बाढीपछि करिब १२ हजार उद्धार गरिएको छ । उद्धार गरिएका बासिन्दालाई अहिले रसुवा, नुवाकोट, धादिङ र काठमाडौँका विभिन्न स्थानमा ‘होल्डिङ सेन्टर’मा राखिएको छ ।प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका गरी २१ हजार ३१४ सुरक्षाकर्मी परिचालन गरिएको छ ।

सुरक्षाकर्मीले बाढीमा परी हराइरहेका व्यक्तिको नदी किनार, जलविद्युत् आयोजना, बाढी प्रभावित बस्ती, सडक तथा पहिरो प्रभावित क्षेत्रमा खोजी गरिरहेका छन् । बाढीका कारण कतिपय स्थानमा सडक तथा भौतिक संरचना क्षति भएकाले उद्धार तथा खोजी चुनौतीपूर्ण भइरहेको छ ।

यसैबिच, बाढी पछिको अवस्थामा प्रभावित क्षेत्रका नागरिकको जनस्वास्थ्यमा गम्भीर सङ्कट आउनसक्ने हुँदा समयमै सावधानी अपनाउन चिकित्सकले सल्लाह दिएका छन् । ग्राण्डी अन्तरराष्ट्रिय अस्पतालका कन्सल्टेन्ट फिजिसियन डा.अमित गौली बाढी प्रभावित क्षेत्रमा विभिन्न रोग फैलिनसक्ने भएकाले विशेष सावधानी अपनाउनुपर्ने बताउँछन् ।

बाढी पछि विशेषगरी दूषित पानी र अस्वस्थ खानपानका कारण झाडा पखालाजस्ता पेटसम्बन्धी रोग र श्वासप्रश्वासको समस्या बढ्ने सम्भावना भएकाले विशेष ख्याल दिनुपर्ने उनी बताउँछन् । बाढीका क्रममा लागेका घाउचोटमा सङ्क्रमणको जोखिम हुने भएकाले समयमै उपचारको व्यवस्था मिलाउन डा.गौलीको सुझाव छ ।

विपदको समयमा मधुमेह, उच्च रक्तचाप, दम र क्यान्सरजस्ता दीर्घरोग भएका बिरामीका लागि अझ चुनौतीपूर्ण हुने चिकित्सको भनाइ छ । डा.गौली भन्छन्, “त्यस अवस्थामा औषधि खाइरहेका बिरामीले नियमितता कायम गर्न नसक्दा र नयाँ सङ्क्रमण थपिँदा जोखिम बढ्ने भएकाले विशेष सावधानी अपनाउन आवश्यक रहेको छ ।”

बाढी प्रभावितको मानसिक अवस्थालाई पनि विशेष ख्यालगरी स्वास्थ्यो पचारमा प्राथमिकतामा राख्नुपर्ने चिकित्सको सुझाव छ । घरबारविहीन र मानसिक तनावमा रहेका बासिन्दाका लागि मनोपरामर्शदाताको परिचालन गरी आत्मविश्वास बढाउन जरुरी रहेको उनीहरुको सल्लाह छ ।

ज्वरो वा सामान्य समस्या देखिनेबित्तिकै जथाभावी एन्टिबायोटिक प्रयोग पनि नगर्न तथा बरु जीवनजल, सिटामोल, स्लाइन र ड्रेसिङका सामग्रीको उचित व्यवस्थापन गरी स्वास्थ्यकर्मीको सल्लाहमा मात्र औषधि सेवन गर्न विशेषज्ञ चिकित्सको सुझाव छ । उनीहरुले बाढी प्रभावित क्षेत्रमा तत्काल आधारभूत स्वास्थ्य सेवाको पहुँच पुर्याउन सङ्घीय, प्रदेश र स्थानीय सरकारबीच प्रभावकारी समन्वय गर्न ध्यानाकर्षण गराएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर