दीपेन्द्रसिंह ऐरीको अर्धशतकसँगै नेपालले एसीसी पुरुष प्रिमियर कपको सेमिफाइनलमा ओमानसामु १४८ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ।

क्वालालम्पुरस्थित बायुएमास क्रिकेट ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ४५.४ ओभरमा १४७ रनमा अलआउट भयो। नेपालका दीपेन्द्रले सर्वाधिक ५१ रन बनाए। उनले ७६ बलमा चार चौका प्रहार गरे गरे। बशीर अहमदले ८८ बलमा ३ चौका र १ छक्कासहित ४७ रन बनाए।

नेपालको सुरुआत भने कमजोर रह्यो। देव खनाल १३, आसिफ शेख ११ र इशान पाण्डे १ रनमै आउट भए। रोहित पौडेलले ३ रन बनाए। बशीर र दीपेन्द्रले पाँचौं विकेटका लागि ९३ रनको साझेदारी गर्दै नेपाललाई संकटबाट उकासेका थिए। उनीहरूको साझेदारीपछि नेपालले ठूलो स्कोर बनाउने अपेक्षा गरिएको थियो। तर‚ बशीर आउट भएपछि नेपालको इनिङ्स फेरि दबाबमा परेको थियो।

गुल्सन झा ७, करण केसी ५, कप्तान सन्दीप लामिछाने ३ र शेर मल्ल शून्य रनमा आउट भए। ओमानका जय वीरम ओडेडारा र हस्नैन शाहले उत्कृष्ट बलिङ गरे। दुवैले ३/३ विकेट लिए। ओडेडाराले १० ओभरमा १ मेडन राख्दै २६ रन दिए भने हस्नैनले ८.४ ओभरमा २८ रन खर्चिए। मुहम्मद इमरानले २ विकेट लिए। शकिल अहमद र मुजीबुर अलीले १/१ विकेट हात पारे।

प्रतिक्रिया

सम्बन्धित खवर