आज भदौ २५ गते बिहीबार सेयर बजार दोहोरो अंकले गिरावट आएको छ । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १३.८५ अंकले घटेर २५३१.५५ को विन्दुमा पुगेको छ।

आज ३४१ कम्पनीका १ करोड ५ लाख ८३ हजार १५५ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ९९ करोड ८५ लाख ४२ हजार रुपैयाँभन्दा बढीको कारोबार भएको छ। कारोबार भएका सबै उपसूचकहरू राताम्मै भएका छन्।

सेयर बजारमा गिरावट आउँदा सिन्धु विकास बैंकको सेयरमा नकरात्मक सर्किट लाएको छ । त्यसैगरी, प्रभु सेलेक्ट फण्डको १०.२२ प्रतिशत, प्रभु स्मार्ट फण्डको ९.३० प्रतिशतले सेयर मूल्य घटेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर