आज शुक्रबारदेखि नेपालमा विदेशीतर्फ तीन फिल्म प्रदर्शनमा आएका छन् । फिल्म हुन् ‘हनुमान अंश’, ‘फल २ः डेडपोइन्ट’ र ‘हैवान’ । यी मध्ये ‘हनुमान अंश’ र ‘हैवान’ हिन्दी फिल्म हुन् भने ‘फल २ः डेडपोइन्ट’ अंग्रेजी फिल्म हो ।

‘हनुमान अंश’ आध्यात्मिक यात्रामा आधारित बायोपिक फिल्म हो । शोभिनव सत्या, चन्दन के आनन्द, अनिल रस्तोगी, पूर्णिमा तिवारी, विहान शेड्गे, पूर्णिमा तिवारीलगायत कलाकारहरूको अभिनय रहेको फिल्म विशाल चतुर्वेदीले निर्देशन गरेका हुन् । बलिउडमा केही अगाडि प्रदर्शनमा आएको फिल्म नेपालमा भने आजबाट रिलिज भएको हो । बलिउडमा यो फिल्मले राम्रो ब्यवसाय गरिरहेको छ ।

एक्सन–क्राइम ड्रामामा निर्माण भएको ‘हैवान’ प्रियदर्शनले निर्देशन गरेका हुन् । फिल्मले दृष्टिविहीन मार्सल हार्टस् खेलाडीले एक बालिकालाई मनोरोगी हत्याराबाट जोगाउन गरेको संघर्षको कथा उठाएको छ । फिल्ममा सैफ अली खान र अक्षय कुमार मुख्य भूमिकामा छन् ।

हलिउडको ‘फल २ः डेडपोइन्ट’ एडचेन्चर–थ्रिलर जनराको फिल्म हो । माइकल स्पिरिग र पिटर स्पिरिगको निर्देशन रहेको फिल्ममा बहिनीको मृत्युबाट शोकमा रहेकी ज्याक्स आफ्नी बहिनीकी साहसी साथी लुससँग मिलेर थाइल्यान्डको खतरनाक क्वान पर्वत चढ्न पुग्छिन् । ४ हजार फिटको उचाइमा चट्टान खसेपछि साँघुरो काठको फल्याकमा फसेका उनीहरूले बाँच्नका लागि गर्ने संघर्ष फिल्मले देखाएको छ । फिल्ममा ह्यारिएट स्लेटर, अर्सेमा थोमस, टम ब्रिट्नी र ग्रेस क्यारोलिन करीको अभिनय छ ।

प्रतिक्रिया

सम्बन्धित खवर