गौरीगंगा नगरपालिका–२ झिलस्थित पूर्व-पश्चिम राजमार्गमा मिनी ट्रकको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु भएको छ।

मंगलबार पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको से १ क १३५२ नम्बरको मिनी ट्रकले पैदल हिँडिरहेका स्थानीय भरत देउवाका पाँच वर्षीय छोरा लेखराज देउवालाई ठक्कर दिएको प्रहरीले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका लेखराजको टाउको र छातीमा चोट लागेको थियो। उनलाई उपचारका लागि धनगढीस्थित माया मेट्रो अस्पताल लगिएकोमा उपचारकै क्रममा बिहान ९:२० बजे चिकित्सकले मृत घोषणा गरेका हुन्।

मिनी ट्रकका चालक कैलालीको लम्कीचुहा नगरपालिका–२ निवासी २९ वर्षीय सुनिल चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर