जापानमा जारी २०औँ संस्करणको एसियाली खेलकुदमा नेपाली राष्ट्रिय महिला भलिबल टोलीले आज इन्डोनेसियाविरुद्ध खेल्दै छ ।नेपाल र इन्डोनेसियाबीचको खेल अपराह्न ४ देखि कोमाकीस्थित पार्क एरिनामा सुरु हुनेछ ।

प्रतियोगितामा नेपाल पहिलो जितको खोजीमा छ । नेपाल पहिलो खेलमा बुधबार आयोजक जापानविरुद्ध ३-० को सोझो सेटमा पराजित भएको थियो । समूह ‘ए’ मा रहेको नेपाल आज उत्कृष्ट पुनरागमन गर्दै इन्डोनेसियालाई हराउने योजनामा छ ।

एफआइभीबी विश्व वरियताको कुरा गर्दा ताजा स्थितिमा इन्डोनेसिया ५३औँ र नेपाल ६९औँ स्थानमा छ । एसियाली खेलकुदमा महिला भलिबल टोलीले लगातार दोस्रो पटक सहभागिता जनाएको हो । नेपालले सन् २०२३ मा चीनको हाङ्झाउमा सम्पन्न १९औँ एसियाली खेलकुदमा ११औँ स्थान हात पारेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर