अभिनेत्री उपासना सिंह ठकुरीको मुख्य भूमिका रहेको फिल्म हो ‘जलाकी’ । आगामी मंसिर ४ गतेबाट प्रदर्शनमा आउने फिल्मको फष्टलुक्स टिजर सार्वजनिक गरिएको छ । टिजरमा अभिनेत्री उपासनाको कलेज जीवनको एकतर्फी प्रेम देखाउन खोजिएको छ ।
कलेजमा उनको अभिनेता सोनम तोप्देनसँग एकतर्फी प्रेम बसेको टिजरले संकेत गर्छ । यसरी हेर्दा फिल्मले कलेज जीवनको अधुरो प्रेमकथालाई मुख्य विषयवस्तु बनाएको अनुमान गर्न सकिन्छ ।अशोक थापा मगरको निर्देशन रहेको फिल्ममा उपासना र सोनमसहित शिल्पा मास्के, अस्तित्व भट्टचन, साहारा हाङमा लिम्बू, राजु रेग्मी मगर, भावना मगर, माओत्से गरुङ, बुद्धि तामाङ, उषा खड्गी, खड्क बहादुर पुन (खबपु)लगायतका कलाकारहरूको अभिनय छ ।
फिल्ममा अभिनेता तथा क्याप्टेन विजय लामा विशेष भूमिकामा छन् ।एम मिडिया प्रोडक्सनको प्रस्तुतिमा निर्माण भएको फिल्मका निर्मातामा बेताने मगर (बबिता राना), ओम घर्ति मगर, वीर बहादुर लामा, चन्द्र बहादुर भट्टचन, मान बहादुर धनाह मगर र सुस्मिता बुढाथोकी रहेका छन् ।
निर्देशक मगर स्वयंको लेखन रहेको फिल्ममा शैलेन्द्र डी कार्कीको छायांकन, अशोक थापा मगरको सम्पादन तथा सरित रयान र एसडी योगीको संगीत छ ।










