सोमबार सुनको मूल्य तोलामा १३ सय रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला ३ लाख ३ हजार ९ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३ लाख ५ हजार २ सय रुपैयाँ थियो ।
त्यस्तै आज चाँदीको भाउ तोलामा १० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ७९५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ८०५ रुपैयाँ कायम भएको छ ।










