फिल्म ‘आ बाट आमा २’को टिजर सार्वजनिक गरिएको छ । सार्वजनिक ३ मिनेट ३८ सेकेन्ड लामो टिजरमा पल शाह, बिपना थापा र मलिका महतकाे पारिवारिक कथाको अलावा दसैँको परिवेश र पारिवारिक संवेदना समेत समेटिएको छ ।
विजया दशमीको अवसर पारेर यहीँ असोज ३० गतेदेखि देशभरका हलहरूमा प्रदर्शनमा आउन लागेको यो फिल्मको टिजरले आमा छोराबिचको कथालाई फिल्मले अगाडि बढाएको बताउँछ ।
फिल्ममा पल, मलिका र बिपनाकाे अलावा रिश्ता गुरुङ,निकिता आचार्य, आकाश श्रेष्ठ, सबिन श्रेष्ठ, प्रदीप रावत, साइग्रेस पोखरेल, गजित विष्ट, नरेन खड्का, दिलिप अखेडालगायतको मुख्य भूमिका छ।
चन्द्र पन्तको कथा, पटकथा तथा निर्देशनमा बनेको फिल्ममा लेखक रोशन भट्ट र चन्द्र पन्त हुन् भने संवाद लेखन रोशन भट्टले गरेका हुन्। फिल्मका कार्यकारी निर्माता करण सिंह हुन्।
नवराज उप्रेतीको छायाङ्कन, बाबुल गिरीको सङ्गीत, गम्भीर बिष्टको नृत्य निर्देशन तथा साहिल खान र मिलन श्रेष्ठको सम्पादन रहेको फिल्मकाे ओएसआर डिजिटल डिजिटल पार्टनर रहेको छ भने फिल्मलाई आरआर फिल्मस्ले नेपालभर वितरण गर्ने जिम्मा लिएको छ।










