नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले बुधबार बिहान मन्त्रालयमा कार्यकारी निर्देशक श्रेष्ठलाई शपथ ग्रहण गराएका हुन् ।

उक्त अवसरमा मन्त्री श्रेष्ठले प्रणाली बनाएर निष्ठापूर्वक काम गर्न निर्देशन दिए । उनले मन्त्रालयका निकायहरूसँग उच्च समन्वय गर्न पनि सुझाए ।

भोटेकोशी बाढीको चुनौतीपूर्ण समयमा कायम मुकायम कार्यकारी निर्देशकको रूपमा सफल कार्यसम्पादन गरेकामा मन्त्री श्रेष्ठले धन्यवाद पनि दिए ।

मन्त्रिपरिषद्को असोज २ गते शुक्रबार बसेको बैठकले श्रेष्ठलाई कार्यकारी निर्देशक पदमा नियुक्त गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर