ताप्लेजुङको मेरिङदेन गाउँपालिक–३ दोभानमा भीषण आगलागी भएको छ । आगलागीबाट करिब १० घर जलेको छन् । आगलागी नियन्त्रणका लागि सुरक्षाकर्मीको टोली परिचालन भएको छ ।
सशस्त्र प्रहरी बल नेपाल नं. १ कंचनजंघा गुल्मबाट सुरक्षाकर्मी परिचालन गरिएको सशस्त्रका सहप्रवक्ता शैलेन्द्र थापाले बताए । उक्त ठाउँमा करिब ५० घर धुरी रहेका छन् ।
प्रमुख जिल्ला अधिकारी उमेशकुमार दाहालका अनुसार अहिले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको प्रयासमा आगोलागि नियन्त्रणमा लिने प्रयास भइरहेको छ। आगो निभाउन निभाउन दमकल प्रयोग गरिएको उनको भनाइ छ।










