पाल्पामा पहिरोमा परी एक जनाको मृत्यु भएको छ। माथागढी गाउँपालिका-३ भैसेकट्टामा पहिरोले घर र गोठ पुरिँदा एक जनाको मृत्यु र दुई जना बेपत्ता भएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता एवं डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।
पहिरो आइतबार बिहान ४ बजे गएको हो। ७५ वर्षीय लिलबहादुर घर्ती मगरको शव फेला परेको हो। १७ वर्षीय छोरी दिना घर्ती मगर र १५ वर्षीया झरना घर्ती बेपत्ता हुन्।
पहिरोले ३ जना हराइरहेको भन्ने खबर प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल नेपाल नं. ३५ गुल्म, नेपाल प्रहरी र जेसिबीको सहायताले उद्धार कार्य भइरहेको छ। सोही स्थानका अन्य केही घर समेत जोखिममा रहेको बुझिएको छ।










