गायक शिव परियार र गायिका समीक्षा अधिकारीले दशैंको अवसरमा एक दर्जन अमेरिकी सहरमा सांगीतिक प्रस्तुति दिने भएका छन् ।

‘दशैं तिहार धमाका युएसए टूर’ अन्तर्गत उनीहरूले पूर्वी अमेरिकी सहरदेखि पश्चिमसम्म आयोजना हुने कार्यक्रममा सहभागिता जनाउन लागेका हुन् ।

भर्जिनियास्थित थ्री-ई इन्टरटेनमेन्टले आयोजना गर्न लागेको टूर करिब डेढ महिना चल्ने भएको छ । पी-३ क्याटेगोरीको भिसामा उनीहरू अमेरिका पुगेको जनाइएको छ ।

यो कार्यक्रमको आयोजना एक वर्ष अघिदेखि नै भैरहेको थियो । रसुवाको भोटेकोशी बाढीले जनधनको क्षति भएपछि टूरबाट संकलन हुने रकम बाढी प्रभावितको लागि प्रदान गर्ने निर्णय गरिएको हो ।

आयोजक संस्थाका अध्यक्ष सुरेश सापकोटाको पहलमा उक्त टूरबाट संकलन हुने ५०० डलरसम्मको रकम प्रधानमन्त्री दैवीप्रकोप उद्वार कोषमा पठाइने भएको छ ।

४ अक्टोबरमा न्युयोर्कमा आयोजना हुने कार्यक्रममा शिव र समीक्षाले प्रस्तुति दिनेछन् । २ अक्टोबरमा एक्रोन र ३ अक्टोबरमा कोलम्बसमा उनीहरूले प्रस्तुति दिइसकेका छन् ।

पहिलो कार्यक्रम भने २६ सेप्टेम्बरमा न्यू ह्याम्पसायरमा आयोजना हुने तयारी छ । गायिका अधिकारीको भने यो पहिलो अमेरिका यात्रा हो ।

प्रतिक्रिया

सम्बन्धित खवर