‘मिसेस नेपाल वर्ल्ड २०२६’को ताज बिनिता गुरुङले जितेकी छन् । भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा शनिबार साँझ आयोजित ग्राण्ड फिनालेमा उनले २१ प्रतियोगीलाईपछि पार्दै उपाधि चुमेकी हुन् ।

रिबन इन्टरटेनमेन्टद्वारा आयोजित विवाहित महिलाहरू सहभागी हुने ‘मिसेस नेपाल वर्ल्ड २०२६’ प्रतियोगीताको छैटौँ संस्करण हो । विवाहित महिलाहरूको प्रतिभा, व्यक्तित्व विकास, आत्मविश्वास र क्षमतालाई उजागर गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा विभिन्न विधाका विजेताहरू पनि चयन गरिएका छन् ।

जसमा शिल्पा न्यौपाने महर्जन ‘मिसेस नेपाल इन्टरनेसनल’ र क्रिस्टिना ज्ञवालीले ‘मिसेस नेपाल कस्मो’को रिचा शर्मा ‘एमएस नेपाल इन्टरनेसनल’ घोषित भए ।

प्रतियोगितामा नेहा गुप्ता फस्र्ट रनरअप, ज्योति लामिछाने सेकेन्ड रनरअप र सगुन खनाल थर्ड रनरअप बने । रिबन इन्टरटेनमेन्टका सञ्चालक निशुकान्त झाको अध्यक्षता तथा अन्तर्राष्ट्रिय कोरियोग्राफर अश्विनीकान्त झाको नेतृत्वमा सम्पन्न प्रतियोगिताको निर्णायक मण्डलमा वरिष्ठ अभिनेता राजेश हमाल, चर्चित अभिनेत्री रेखा थापा र सन् २०२४ की विजेता डा. डेलिना कार्कीलगायतका व्यक्तित्वहरू रहेका थिए। उनीहरूले प्रतियोगीहरूको प्रतिभा, आत्मविश्वास र प्रस्तुतिको सूक्ष्म मूल्याङ्कन गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर