साताको तेस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकले बढोत्तरी आएको छ । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३३.२९ अंकले बढेर २६६४.०६ को विन्दुमा पुगेको छ ।

आज ३४८ कम्पनीका १ करोड ९३ लाख ९४ हजार २५९ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ४५ करोड ६७ लाख ५४ हजार रुपैयाँभन्दा बढीको कारोबार भएको छ । कारोबार भएका १२ उपसूचक हरियाली भएका छन् ।

सेयर बजारमा सुधार आउँदा बेनी हाइड्रोपावर प्रोजेक्टको सेयरमा सकरात्मक सर्किट लाएको छ । त्यसैगरी, बुटवल पावर कम्पनीको सेयर मूल्य १०.६० अंकले बढेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर