एनपीएल क्रिकेटमा काठमाडाैं गोर्खाजविरुद्ध जनकपुर बोल्ट्सले आठ विकेटको सहज जित दर्ता गरेको छ । काठमाडाैंले दिएको १ सय १६ रनको लक्ष्य जनकपुरले सजिलै पूरा गरेको हो ।
जनकपुरले १७.२ ओभरमा मात्र २ विकेट गुमाएर लक्ष्य पूरा गरेको हो । जारी सिजनमा जनकपुर बोल्ट्सको यो पहिलो जित हो । पहिलो खेलमा कर्णाली याक्ससँग पराजित भएको थियो ।
जनकपुरका लागि मोइन अलीले अर्धशतक पूरा गरे । उनी ५१ बलमा ५८ रन बनाउँदै अविजित रहे । मोइन सैफ हसन ४० रन बनाएर अविजित रहे ।
बलिङमा काठमाडाैंका रिपोन मोन्डलले एक विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको काठमाडाैं १९ ओभर ३ बलमा १ सय १५ रन बनाउँदै अलआउट भएको थियो ।










