नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शुक्रबारको पहिलो खेलमा कर्णाली याक्स र सुदूरपश्चिम रोएल्सबीच प्रतिस्पर्धा हुँदैछ ।

टीयू क्रिकेट मैदानमा कर्णाली याक्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ । कर्णालीले सुदूरपश्चिमलाई ब्याटिङको निम्तो दिएको छ ।

कर्णालीले आफ्नो टोलीमा दुई खेलाडी परिवर्तन गरेको छ । जिशान आलमको स्थानमा डेभिड मिलर र युवराज खत्रीको स्थानमा सूर्य तामाङले पहिलो रोजाइमा स्थान पाएका छन् ।

सुदूरपश्चिमले भने टोलीमा एक परिवर्तन गरेको छ । शेरफान रुथरफोर्डको स्थानमा थरिन्दु रत्नायकेले पहिलो रोजाइमा खेल्ने अवसर पाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर