राष्ट्रपति रामचन्द्र पौडेल मकवानपुरमा पुगेका छन् । काठमाडौँ–तराई/मधेस द्रुतमार्गअन्तर्गत मकवानपुरको महादेवटारस्थित सुरुङ छिचोल्ने ( ब्रेक थ्रु )कार्यक्रममा सहभागी हुन आज उनी मकवानपुर पुगेका छन् ।

नेपाली सेनाको हेलिकप्टरबाट महादेवटारस्थित द्रुतमार्गको निर्माण व्यवस्थापन केन्द्रमा अवतरण भएका राष्ट्रपति पौडेललाई बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा, मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीलगायत उच्च अधिकारीले स्वागत गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर