पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठले आगामी स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन्।

बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आगामी स्थानीय तहको निर्वाचनमा महानगरको मेयरमा उम्मेदवारी दिने घोषणा गरेकी हुन्।

‘आगामी स्थानीय निवार्चनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषण गर्दछु,’ उनले लेखेकी छन्।

साथसाथै उनले आफ्नो जीवन र कर्मबाट आर्जन गरेको ज्ञान, सीप, अनुभव र विज्ञता अब काठमाडौंको समृद्धि, सुशासन र रूपान्तरणका लागि समर्पित हुने प्रतिबद्धता व्यक्त गरेकी छन्।

प्रतिक्रिया

सम्बन्धित खवर