धादिङको रुबीभ्याली गाउँपालिका–४ स्थित कलदाङमा बोलेरो गाडी दुर्घटनामा घाइते भएका ६ जनालाई हेलिकोप्टरमार्फत काठमाडौँ ल्याइएको छ ।

गएराति भएको दुर्घटनामा एक महिलाको मृत्यु भएको थियो भने नौ जना घाइते भएका थिए । लापाबाट बोराङतर्फ जाँदै गरेको बोलेरो उकालो सडकमा अनियन्त्रित भई करिब ४०० मिटर तल खसेर दुर्घटना भएको हो ।

 दुर्घटनामा घाइते भएकाहरूलाई नेपाल प्रहरी र स्थानीयवासीको संयुक्त प्रयासमा उद्धार गरिएको हो। उनीहरूमध्ये गम्भीर रहेका ६ जनालाई काठमाडौँ ल्याइएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर