राष्ट्रियसभा चुनावका लागि कोशी प्रदेशमा नेकपा एमाले उम्मेद्वारले मनोनयन दर्ता गरेका छन् । एमालेबाट अन्य कोटामा परशुराम अधिकारी र महिला कोटामा रुक्मिणी कोइरालाले मनोनयन दर्ता गरेका हुन् ।
अधिकारीको प्रस्तावक र समर्थक सिर्जना राई र जयप्रकाश चौधरी छन् । कोइरालाको प्रस्तावक समर्थक रामप्रसाद मेहता र शिलादिक्षित कार्की छन् ।सत्तारुढ गठबन्धनबाट कृष्णप्रसाद सिटौला र चम्पा कार्कीले मनोनयन दर्ता गरेका छन् । नेपाली कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले साइत हेराएर विहान १० बजे मनोनयन दर्ता गरेका हुन् ।
सिटौलापछि माओवादी केन्द्रबाट चम्पा कार्कील मनोनयन दर्ता गरिन् । सिटौलाको प्रस्तावका प्रदीप सुनुवार र समर्थकमा हिमाल कार्की छन् । कार्कीको समर्थक रामकुमार खत्री र गणेश उप्रेती छन् ।
दुई सिटका लागि हुने निर्वाचनको मतदाता प्रदेश सांसद र पालिका प्रमुख उपप्रमुख हुन् । कोशीमा राष्ट्रिय सभाका लागि ३ सय ६७ जना मतदाता छन् । जसमा ९३ जना प्रदेश सांसद हुन् । प्रतिपक्षी एमाले भन्दा सत्तारुढ गठबन्धन मतभारको हिसाबले बलियो छ ।