सन् २०२३ देओल ब्रदर्सका लागि धमाकेदार रह्यो। सन्नी देओलले ‘गदर २’ बाट धमाकेदार कमब्याक गरे। बबी देओलले ‘एनिमल’बाट बलियो कमब्याक गरे। अब नितेश तिवारीको फिल्म ‘रामायण’मा सनी देओलले हनुमानको भूमिका निभाउने चर्चा चलेको थियो। आबी देओल पनि यस बहुप्रतिक्षित फिल्ममा सन्नीसँग स्क्रिन सेयर गर्दैछन्।
नितेश तिवारीको ‘रामायण’ मार्च २०२४ मा रिलिज हुँदैछ। यसमा रणवीर कपुरले रामको भूमिका निभाएका छन् भने साई पल्लवीले सीताको भूमिका निर्वाह गर्नेछिन्। जसमा यश रावणको भूमिकामा देखिनेछन्। अब फिल्ममा रावणको भाइको भूमिकाका लागि बबी देओलको नामबारे चर्चा चलिरहेको छ।
सनी देओलसँग हनुमानको भूमिका निभाउनका लागि कुराकानी सुरु भइसकेको छ। पछिल्लो रिपोर्ट अनुसार, निर्माताहरूले कुम्भकरणको भूमिकाका लागि बबी देओललाई सम्पर्क गरेका छन्। तर, अहिलेसम्म अभिनेताबाट कुनै प्रतिक्रिया आएको छैन।